दफा ५
केही खास जलमा जलचरहरुलाई समात्न, मार्न तथा चोट पु¥याउन मनाही गर्न नेपाल सरकारको अधिकार
नेपाल सरकारले नेपालको राजपत्रमा प्रकाशित आदेशद्वारा सोही आदेशमा तोकिएका ठाउँको जलमा नेपाल सरकार वा स्थानीय अधिकारीको इजाजत बेगर कुनै पनि व्यक्तिले जानी जानी जलचरहरु समात्न, मार्न तथा चोट पु¥याउन नपाउने गरी मनाही गर्न सक्नेछ र त्यस्ता ठाउँका जलको सम्पूर्ण जलचरमा नेपाल सरकारको मात्र अधिकार हुनेछ ।
तर कुनै व्यक्ति विशेषले निजी जलको सम्बन्धमा नेपाल सरकारले त्यस्तो आदेश निकाल्ने छैन ।